सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला तीन लाख १८ हजार आठ सयमा कारोबार


eShilalekh

१४ माघ २०८२, बुधबार १२:३४

सिमराः नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार पाँच सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर तीन लाख १८ हजार आठ सय रुपैयाँ पुगेको छ। यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।

यस्तै, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला चार सय ३० रुपैयाँले बढेर सात हजार तीन सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदी मंगलबार प्रतितोला ६ हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्