करैयामाइ गाउँपालिकामा कांग्रेसको पालिका स्तरीय प्रचार समिति गठन


eShilalekh

१६ माघ २०८२, शुक्रबार १९:३४

सिमराः नेपाली कांग्रेसले प्रतिनिधि सभाका उम्मेदवार भैयाराम यादवको चुनावी अभियान प्रभावकारी बनाउन करैयामाइ गाउँपालिकामा पालिका स्तरीय प्रचार समिति गठन गरेको छ। निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको समितिको संयोजकमा राकेश सर्राफ चयन भएका छन्।

समितिमा पार्टीका स्थानीय नेता, कार्यकर्ता राखिएको छ । नेताहरूले कांग्रेसका उम्मेदवार यादवलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

कांग्रेसले चुनावी कार्यक्रम, घरदैलो अभियान तथा जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्