नीलकण्ठवामा पूर्वमन्त्री ज्वाला साहको जनसम्पर्क कार्यक्रम

सिमराः प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बारा क्षेत्र नं. ३ की उम्मेदवार ज्वालाकुमारी साहले कलैया उपमहानगरपालिका १० नीलकण्ठवामा सोमबार जनसम्पर्क कार्यक्रम सञ्चालन गरेकी छन्।
कार्यक्रममा साहले स्थानीय नागरिकहरूसँग भेटघाट गर्दै समस्या र सुझाव सुनेकी थिइन्। उनले राष्ट्रियता, सुशासन र समृद्ध नेपालको लक्ष्यमा एमाले प्रतिबद्ध रहेको बताइन्।
उनले सिँचाइ, विद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरिन्।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेसहित एमाले नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।





