सिमरा विमानस्थलबाट काठमाडौं फर्किए बालेन

सिमराः मधेश प्रदेशमा चुनाव लक्षित ‘रोड शो’ गर्दै हिडेका रास्वपा नेता वालेन्द्र शाह (बालेन) बुधबार साँझ काठमाडौं फर्किएका छन् । सिमरा विमानस्थलबाट पाँच बजेको बिमान चढेर उनी काठमाडौं फर्किएका हुन् ।
सप्तरीबाट सडकमार्ग हुँदै मंगलबार मधेश पसेका बालेन सिमराबाट हवाई मार्ग हुँदै काठमाडौं फर्किए । उनलाई हेर्न सिमरा विमानस्थलमा समेत समर्थक पुगेका थिए ।
यसअघि उनी बाराको निजगढ, कलैया हुँदै वीरगन्ज पुगेका थिए । वीरगन्जमा केही समय विताएर बालेन गण्डक, परवानीपुर, जीतपुर हुँदै सिमरा आएका हुन् ।
सिमरा विमानस्थल पुग्नुअघि रास्वपाका स्थानीय नेताले बालेन जीतपुर हुँदै ठोरी जाने बताएका थिए । बालेनको जीतपुरपछिको यात्राबारे स्थानीय नेता अनविज्ञ थिए ।
जीतपुरमा गाडीबाटै समर्थकलाई हात हल्लाएका बालेन सिमरा विमानस्थल हुँदै काठमाडौं गएका हुन् । बालेनसंग उनका सहयोगी कुमार बेनलगायत थिए ।





