भोलिदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सिमराः सरकारले बढ्दो पेट्रोलियम पदार्थको मूल्य र आपूर्तीमा देखिएको असहजतालाई न्यूनीकरण गर्न सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि अर्थात् चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यो नियम सरकारी कार्यालयहरूका साथै शैक्षिक संस्थाहरूमा लागू हुनेछ ।
मुलुकमा इन्धन खपत घटाउने रणनीतिक कदम स्वरूप यो निर्णय लिइएको जानकारी दिँदै प्रवक्ता पोखरेलले यसबाट वर्तमान आर्थिक र आपूर्तिजन्य चुनौतीलाई सम्बोधन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।





