आजदेखि सरकारी कार्यालय ९ बजे खुल्ने


eShilalekh

२३ चैत्र २०८२, सोमबार ०७:३६

सिमरा: आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कार्यालय खुल्ने समय एक घण्टा अगाडी कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई नेपाल राजपत्रमा समेत प्रकाशित गरिएको छ । 

मध्यपूर्वमा भएको युद्धले मुलुकमा पेट्रोलियम संकट बढ्दै गएपछि बसेको मन्त्रिपरिषद्को बैठकले  सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्