अमलेखगञ्जबाट एक किलो अफिमसहित दुई जना पक्राउ


eShilalekh

२५ चैत्र २०८२, बुधबार १९:२१

सिमराः बाराको अमलेखगञ्जबाट प्रहरीले झण्डै एक किलो प्रतिवन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका २ का ५५ वर्षीय खड्गबहादुर मोक्तान र ४९ वर्षीय लालबहादुर स्याङ्तान रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ९४६ ग्राम अफिम बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेश र लागूऔषध नियन्त्रण व्यूरो वीरगन्जका प्रहरी सहायक निरीक्षक गोपाल खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हेटौंडाबाट पैदल सिमरातर्फ आउँदै गरेका उनीहरुलाई अमलेखगञ्जमा रोकेर जाँच गर्ने क्रममा लुगा र झोलामा लुकाएर राखिएको अवस्थामा अफिम बरामद भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले जानकारी दिएका छन् । पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्