कोल्हबीमा चट्याङ लागेर एकको मृत्यु


eShilalekh

५ बैशाख २०८३, शनिबार १८:३५

सिमराः बाराको कोल्हबी नगरपालिका ५ सोनाभारमा शनिबार साँझ खसेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय लुटावन चौधरी रहेका छन् ।

ठूलो हावाहुरीसहित आएको वर्षाको समयमा छठिघाट नजिकको खेतमा काम गरिरहेका बेला चौधरीलाई चट्याङ लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् ।

चौधरी चट्याङ लागेर लडेपछि खेतमै रहेका अन्यले तत्कालै घरमा ल्याएका थिए । घरमा ल्याउदा उनको मृत्यु भईसकेको थियो । चौधरीको श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्