मोटरसाइकल दुर्घटनामा क्रिकेटर आदिल आलम घाइते, अवस्था सामान्य


eShilalekh

११ बैशाख २०८३, शुक्रबार १५:३५

सिमराः बारामा राष्ट्रिय क्रिकेटर आदिल आलमको मोटरसाइकल दुर्घटना भएको छ । बरियारपुरबाट करिब दुई किलोमिटर पूर्वतर्फको थलही पुलमा शुक्रबार दिउँसो आलमले चलाएको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते आलमकोे वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ । मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जयसवालले आलमको अवस्था सामान्य रहेको बताए ।

आलमले चलाएको मोटरसाइकल खलही पुलबाट तल खसेको थियो । उनलाई स्थानीयले उद्धार गरी अस्पताल पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्