सर्लाहीमा बँदेलको आक्रमणबाट एक युवकको मृत्यु

सर्लाही: जंगली जनावर बँदेलको आक्रमणबाट सर्लाहीमा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार लालबन्दी नगरपालिका १५ परवानीपुरस्थित पिडखोल्सीका ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को आइतबार साँझ बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार मकै बालीमा क्षति पुर्याउँदै गरेको बँदेललाई धपाउन खोज्दा थिङमाथि आक्रमण भएको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।





