पथलैया–निजगढ सडकखण्डमा यात्रुबाहक बस पल्टिँदा १३ जना घाइते


eShilalekh

१४ बैशाख २०८३, सोमबार १८:५३

सिमराः पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ सोह्रकिलोमा यात्रुबाहक बस पल्टिँदा १३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार आइतबार राति करिब १२ बजे काठमाडौँबाट इलामतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४९७ नम्बरको बस अचानक अनियन्त्रित भई सडकको तल पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

बस चालक झापा बुद्धशान्ति गाउँपालिका ४ निवासी करिब ५४ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस घटनास्थलमै रहेको र सडक अवरोध नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्