धनुषाको महेन्द्रनगरमा सुकुम्बासीद्वारा जनकपुर–ढल्केवर सडक अवरुद्ध


eShilalekh

२५ बैशाख २०८३, शुक्रबार १२:२३

जनकपुरधाम: धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर क्षेत्रमा स्थानीयले जनकपुर–ढल्केवर सडक अवरुद्ध गर्दै आन्दोलन सुरु गरेका छन्। नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन्।

नगरपालिकाले सार्वजनिक स्वामित्वको जग्गामा भएको अतिक्रमण हटाउने तयारी थालेसँगै त्यहाँ बसोबास गर्दै आएका परिवारहरू आन्दोलित बनेका छन् । स्थानीयले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट वैकल्पिक व्यवस्थाविना हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आन्दोलनका कारण जनकपुर–ढल्केवर सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। स्थानीयले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनीहरूले बसोबासको सुनिश्चितता तथा उचित पुनर्स्थापनाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्