सिरहामा दुई दिनदेखि बेपत्ता बालक मृत फेला, शरीरमा चोट


eShilalekh

२८ बैशाख २०८३, सोमबार १९:०८

सिरहाः सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ३ का तीन वर्षीय बालक अभियान्सकुमार यादव मृत अवस्थामा फेला परेका छन् । दुई दिनदेखि बेपत्ता भएका यादवको शव बरियारपट्टी गाउँपालिका ४ सोहपुरस्थित मामाघर नजिकै विभत्स अवस्थामा भेटिएको हो ।

लक्ष्मीपुर पतारीस्थित आफ्नो घरबाट सोहपुरमा रहेको मामाघर आएका यादव गत वैशाख २६ गते दिउँसो १ बजेदेखि अचानक बेपत्ता भएका थिए । बालक हराएलगत्तै खोजी कार्य तीव्र पारिएको थियो । खोजतलासका क्रममा घर नजिकैको पोखरी र विभिन्न स्थानमा खोजी गर्दा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालकको मृत्युको प्रकृति शंकास्पद देखिएको छ । फेला परेको शवको हात र शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको गहिरो चोटहरू देखिएको छ ।

हाल प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्