वीरगन्जमा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् महोत्तरीबाट पक्राउ

वीरगन्ज: पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका १० बजरंग टोलमा मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका ७ घर भई हाल वीरगन्ज बस्दै आएका ४५ वर्षीय रामनारायण दास तत्मा रहेका छन्।
घटनापछि फरार भएका तत्मालाई जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त समन्वयमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
गत बिहीबार मादक पदार्थ सेवन गरी उनले आफ्नै ४२ वर्षीया श्रीमती हलसिया कुमारी देवीलाई फलामको गलले टाउको लगायत शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरी हत्या गरेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
पक्राउ परेका तत्मालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






