रौतहटमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु


eShilalekh

२० जेष्ठ २०८३, बुधबार १३:२९

रौतहटः रौतहटको देवाही गोनाही नगरपालिका ४ नदिपारी टोलमा करेन्ट लागेर एक १२ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षा कुमारी पटेलको आफ्नै घरको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

धारामा जडान गरिएको मोटरको विद्युतीय लाइन सर्ट भई धारामा करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकालाई तत्कालै उद्धार गरी उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकले जाँचका क्रममा उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको र यस सम्बन्धमा इलाका प्रहरी कार्यालय देवाही गोनाहीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्