चार दिनको रस्साकस्सीपछि चयन भयो रास्वपाको जीतपुरसिमरा नगर समिति

सिमराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीतपुरसिमरा नगर समितिको सभापतिमा सुरेशराज केसीले निरन्तरता पाएका छन् । चार दिनको रस्साकस्सीपछि केसी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
अध्यक्ष पदका लागि केसी र क्षेत्र नं. ४ का क्षेत्रीय सभापति युवराज न्यौपानेले उम्मेदवारी दिएका थिए । न्यौपानेले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसैगरी उपसभापतिमा कविता चौधरी चयन भएकी छिन् । उपसभापतिका लागि मनोनयन दर्ता गराएकी सुशिला कार्कीले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । सचिवमा अमृत बस्याल र सहसचिवमा नारायण उप्रेती चयन भएका छन् ।
यसैगरी सदस्यमा उषा बुढाथोकी प्रसाई, सुशिला कार्की, मालती भट्टराई, रामबाबु साह, मुकेश साह कलवार, कुनालराज गिरी, नसिमा खातुन, शेराजुल हक, मजिबु रहमान अंसारी, इन्दिरा दाहाल, सुभाष थापा, शेरबहादुर थापा, सुशिल लम्साल र दुर्गा पौडेललाई चयन गरिएको छ । समितिको कोषाध्यक्ष भने निर्वाचित सदस्यबाट अध्यक्षले मनोनित गर्ने बताइएको छ ।
प्रथम नगर अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि आइतबार मनोनयन दर्ता गरिएको थियो । मनोनयनका क्रममा ३३ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । मनोनयन दर्ता गराएकामध्ये १५ जनाको उम्मेदवारी सदर भएको थियो । तर चार दिनसम्म चलेको रस्साकस्सीपछि केही नाम थप गर्दै १८ सदस्यीय कार्यसमितिको टुंगो लागेको हो ।
२१ सदस्यीय कार्यसमितिमा दलित महिला सदस्यको नाम टुंगो लाग्न बाँकी छ भने थप दुई सदस्य नगर समितिले पछि मनोनित गरिने बताइएको छ ।







