बारामा धान खेतको पानीमा डुबेर एक बालिकाको मृत्यु


eShilalekh

४ श्रावण २०८३, सोमबार १३:५७

बारा: बाराको सुवर्ण गाउँपालिकामा धान खेतको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका ९ बलुवाकी राजेन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालिका आफ्ना मामा घर सुवर्ण गाउँपालिका ७ चौरहियामा आएकी थिइन्। आइतबार साँझ करिब ५ः३० बजे घर पछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ।

परिवारले खोजतलास गर्ने क्रममा साँझ करिब ६ः१५ बजे बालिकालाई पानीमा मृत अवस्थामा फेला पारेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्