नदीमा डुबेर जीतपुरमा तीन वर्षीया बालिकाको मृत्यु


eShilalekh

४ श्रावण २०८३, सोमबार २०:४४

सिमराः बाराको जीतपुरमा सोमबार दिउँसो नदीमा डुबेर तीन वर्षीया एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका-३ निवासी अलि हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुन रहेकी छन् ।

प्रहरीका अनुसार बालिका आफ्नी आमा सलियान खातुनसँग जीतपुरसिमरा उपमहानगरपालिका-७ पहाडी टोलस्थित आफन्त दिदी नाता पर्ने जबैदा खातुनको घरमा गएकी थिइन् । सोही क्रममा घरनजिकै रहेको सरिसवा नदी किनारमा खेल्दाखेल्दै उनी अचानक नदीमा डुबेकी हुन् ।

घटनालगत्तै आमा सलियानले नदीबाट उद्धार गरी बालिकालाई तुरुन्तै जीतपुरसिमरा नगर अस्पताल पुर्‍याएकी थिइन् । अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्