सिरहामा झडपका क्रममा गोली लागेर घाइते युवकको मृत्यु


eShilalekh

१४ श्रावण २०८३, बिहीबार १६:३९

सिरहाः सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा औरही गाउँपालिका २ का अन्दाजी १५ वर्षीय गणेश यादव रहेको जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालले जनाएका छन् ।

घटनापछि अहिले उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश समेत जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्