सिरहा र सुनसरी घटनाको मृतकका परिवारलाई सरकारले क्षतिपूर्ति दिने


eShilalekh

२० श्रावण २०८३, बुधबार १४:१४

सिमराः सरकारले सिरहा र सुनसरी जिल्लामा भएका प्रदर्शन र झडपका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बुधबार बिहान बसेको बैठकले घटनामा ज्यान गुमाएकाका परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्ति दिने र घाइतेहरूको उपचारको पूर्ण व्यवस्था मिलाउने निर्णय गरेको हो ।

केही दिनअघि ती दुई जिल्लामा दुई पक्षबीच भएको झडपमा परी चार जनाको मृत्यु भएको थियो । सिरहाका गणेश यादव, सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्र मेहताको सो घटनामा मृत्यु भएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ओमप्रकाश र गणेशको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई घाइते जयप्रकाश र रबिन्द्रको उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्