बारामा करेन्ट लागेर एक जनाको मृत्यु

सिमराः बाराको आदर्श कोतवाल गाउँपालिका ७ कोतवालीमा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गणेश महतो कोइरी रहेका छन् ।
कोइरीलाई विद्युतको पोलको नांगो तारमा हुक लगाउने क्रममा करेन्ट लागेको हो । उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
कोइरीलाई तत्काल उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएको र अस्पतालमा ल्याएर जाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।







