चुरियामाई मन्दिर नजिकै भारतीय ट्रकले पाँच वटा सवारीलाई ठक्कर दियो, मानवीय क्षति छैन


eShilalekh

२२ श्रावण २०८३, शुक्रबार २२:११

सिमराः त्रिभुवन राजपथ अन्तर्गत पथलैया–हेटौंडा सडकखण्डको चुरियामाई मन्दिरमा एउटा भारतीय ट्रकले पाँच वटा सवारी साधनलाई ठक्कर दिएको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको भारतीय ट्रकले विपरित दिशाबाट जाँदै गरेको अन्य पाँच वटा सवारी साधनलाई ठक्कर दिएको हो ।

ठक्करबाट सवारी साधनमा क्षती पुगेपनि मानविय क्षती भने नभएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता तथा ट्राफिक प्रहरी नायब उपरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

ठक्कर दिएलगत्तै भारतीय ट्रकका चालक फरार भएका छन् । दुर्घटनापछि चुरियामाई मन्दिर क्षेत्रमा एकतर्फी सवारी आवागमन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्