सर्पदंशका घटना बढ्दै, जीतपुरसिमराकी एक महिलासहित चार जना नारायणी अस्पतालको भेन्टिलेटरमा


eShilalekh

२ भाद्र २०८३, मंगलवार १२:०१

सिमराः सर्पको टोकाइबाट गम्भीर घाइते भएकी जीतपुरसिमराकी एक महिलासहित चार जनाको वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

अस्पतालका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–९ की ५० वर्षीया रामपती देवी, पर्साको कालिकामाई गाउँपालिका–२ का २७ वर्षीया रिमा चौरसिया, २० वर्षीया प्रिन्स चौरसिया र बहुदरमाई नगरपालिका–८ रामनगरीकी ८ वर्षीया मनिषा पटेलको उपचार भईरहेको हो । डा. दीपक चौरसिया नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ।

चर्को गर्मीका कारण तराईका जिल्लामा सर्पदंशका घटना बढ्दै गएका छन् । केही दिन अघि एन्टी स्नेक भेनमको अभाव हुँदा उपचार प्रभावित बनेको नारायणी अस्पतालमा अहिले सर्पदंशको उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्