जगदम्बा स्टील्स् मजदुर युनियन: २२ वर्षदेखि सर्वसम्मत् नेतृत्व


eShilalekh

१३ भाद्र २०८३, शनिबार १५:३८

सिमरा: उद्योग तथा कलकारखानामा मजदुर युनियनको आधिकारिकताका लागि दलगत खिँचातानी र चुनावका नाममा अस्वस्थ प्रतिस्पर्धा हुनु सामान्य जस्तै बनेको छ। तर बाराको सिमरास्थित जगदम्बा स्टील्स् उद्योगमा भने २२ वर्षदेखि आधिकारिक ट्रेड युनियनको नेतृत्व सर्वसम्मत् चयन हुँदै आएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहस्थित देवाश्रममा शनिबार सम्पन्न युनियनको ११औं अधिवेशनले पुनः सर्वसम्मत् रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले अध्यक्षमा दीपक विक, सचिवमा दीपक कार्की र सहसचिवमा गोबिन्दबहादुर अधिकारीलाई निरन्तरता दिँदै कार्यसमिति चयन गरेको हो ।

उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जीतपुरसिमरा-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव अर्जुन चिमरिया, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमल्सिना, अखिल नेपाल औद्योगिक महासंघ बाराका अध्यक्ष डिबी थापा, डाबर नेपालका मजदुर नेता जंगबहादुर थारुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्