पथलैयामा रक्तदानः १२ महिलासहित ५० जनाले गरे रगत दान

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयामा मंगलबार बिहान आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् । स्थानीय संघसंस्थाको सक्रियतामा आयोजित कार्यक्रममा १२ महिला र ३८ जना पुरुषले रगत दान गरेका हुन् ।
रगत दान गर्ने महिलामा मिनाकुमारी लामा, मञ्जुदेवी बानियाँ, चन्द्रकला लामिछाने, रचना भट्ट, पूर्णवती आचार्य, सिर्जना श्रेष्ठ, गायत्री थपलिया, अनु लामिछाने, अस्मिता लामिछाने, तारा आचार्य, बिना पौडेल र चित्रकुमारी थापा कार्की रहेका छन् ।
यसैगरी पुरुषतर्फ शम्भु मण्डल, भुवन चाम्लिङ राई, राजेन्द्र खतिवडा, पासाङ लामा, विकास श्रेष्ठ, केशु थापामगर, तोयानाथ खनाल, प्रविण साह, मनिक धाउजु, सुमन थापा मगर, नविन ढुंगेल, प्रिन्स साह, मुकेश राउत, अशोक मण्डल, सन्नी साह, रोहित गुप्ता, जीतेन्द्र दास, उत्सव कंसकार, सुदर्शन श्रेष्ठ, रिपु तिवारी, सन्दीप गौतम, नरहरी प्रसाद, कृष्णहरी रायमाझी, रिकेश मल्ल, नेत्रप्रसाद मैनाली, मित्रलाल श्रेष्ठ, किरण विक, विकेश भुजेल, अभिशेक मगर, सुमन कुईकेल, रितेश यादव, एमडी अस्लम राइन, राजकुमार तामाङ, विपिन महतो, अनिक गुरुङ, अनुप गोले र विष्णु पौडेलले रक्तदान गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को मुख्य सहयोग र पथलैया युवा जागरण क्लब, पथलैया दिव्यज्योती क्लब तथा अन्य सामाजिक संघसंस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वीरगन्जस्थित नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो ।







