पर्सामा बाघको आक्रमणमा एक जनाको मृत्यु


eShilalekh

२६ भाद्र २०८३, शुक्रबार १३:४६

सिमराः पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ। जिराभवानी गाउँपालिका-२ काठमाडौं टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार थारु गत बुधबार बिहान गाउँ नजिकैको राष्ट्रिय वनमा घाँस काट्न गएका थिए । त्यसयता घर नफर्किएपछि परिवार र आफन्तहरूले उनको खोजी गरिरहेका थिए ।

खोजी गर्ने क्रममा शुक्रबार बिहान सब डिभिजन वन कार्यालय बसन्तपुरभन्दा करिब पाँच सय मिटर भित्र जंगलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव शल्यपरीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्