एमाले जीतपुरसिमरा-१९ को वडा अधिवेशन सम्पन्न: पटेलको अध्यक्षतामा नयाँ कमिटी चयन

सिमराः नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटी अन्तर्गत वडा नं. १९ को वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । पूर्ववडाध्यक्ष तथा वडा कमिटी अध्यक्ष सुदन दास तत्माको अध्यक्षतामा सम्पन्न अधिवेशनले रामनाथ पटेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत् चयन गरेको छ ।
गठित कमिटीको उपाध्यक्षमा जैनुला नेदिन देवान, सचिवमा सुशीलप्रसाद चौधरी तथा उपसचिवहरूमा संजयकुमार दास र मोहनी देवी चौधरी चयन भएका छन् । यसैगरी कमिटीको सदस्यहरूमा रामकुमार चौधरी, जोखु चौधरी, भरोस चौधरी, यशोदा देवी कुर्मी, झगुलाल साह, वीरबहादुर राम, उमरावती देवी राम, रामा चौधरी, सुरेन्द्र चौधरी, सहिद मंसुर, वकिल मिया, नसिम अख्तर, मुकेश साह, वीरबहादुर चौरसिया, रामबालक दास, सन्तोषप्रसाद यादव, फुलादेवी राम, देवन दास, सीता राम, शान्तिदेवी दास, नागेश्वर दास र रामनारायण रामलाई चयन गरिएको छ ।
नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज एवम् पूर्वसांसद अच्युत मैनालीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा सपथ ग्रहण गराउँदै नेता मैनालीले जनताको सुखदुःखमा निरन्तर साथ दिने र देश विकासको नेतृत्व गर्ने एक मात्र भरपर्दो पार्टी एमाले नै भएको बताए ।

उनले उहाँले संगठनलाई जनस्तरसम्म अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए । नेता मैनालीले पार्टीले अघि सारेको ‘मिसन जागरण अभियान’ लाई सफल बनाउन सबै नेता तथा कार्यकर्ताहरू एकजुट भएर जनताको माझमा जानुपर्ने र उनीहरूका समस्या समाधानमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्य सरस्वती चौधरी, मधेस प्रदेश सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य एवम् पूर्व प्रदेश सांसद सुन्दर विक, प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद देवनारायण चौधरी, जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, प्रदेश कमिटी सदस्य सुनिल पाल, प्रदेश विभाग सदस्य दिनेश्वर ठाकुर, क्षेत्र नं. ४ का क्षेत्रीय संयोजक ध्रुव यादव, जिल्ला सचिवालय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह, उपाध्यक्ष कैमुदिन अंसारी, उपसचिव अलौपिया चौधरीलगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
करिब तीन सय जना स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको उक्त अधिवेशन कार्यक्रमको सहजीकरण सुशील क्षेत्रीले गरेका थिए । अधिवेशनले एमालेको मिसन जागरण अभियानलाई गाउँ-गाउँमा सफल पार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।







