काठमाडौंबाट वीरगन्ज आउँदै गरेको इभी माइक्रो इन्द्रसरोवरमा दुर्घटना, चार जनाको मृत्यु


eShilalekh

३० भाद्र २०८३, मंगलवार २०:०६

सिमराः मकवानपुरको इन्द्रसरोवरमा यात्रुबाहक विद्युतीय गाडी (इभी) माइक्रो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको म. प्र. ०३–००१ ज ०७२० नम्बरको माइक्रो मंगलबार दिउँसो हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डअन्तर्गत सुकौरामा दुर्घटना भएको हो । गाडी अनियन्त्रित भई सडकबाट करिब एक हजार मिटर तल खसेको थियो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा चार जना पुरुष रहेका छन् । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका-४ का सुरज भट्टराई र नवलपरासीको कावासोती नगरपालिका-१ का नरबहादुर ठकुरीको पहिचान खुलेको छ भने अन्यको विवरण खुल्न बाँकी छ ।

घाइते हुनेहरूमा दुई जना महिला र दुई जना पुरुष छन् । घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्