१५४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

सिमराः पर्सा प्रहरीले मंगलबार एक सय ५४ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरुलाई वीरगन्ज महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाद आलम र जगरनाथपुर गाउँपालिका–६ का ३७ वर्षीय सन्तोषप्रसाद पटेल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट लागूऔषधसहित एक थान भारतीय मोटरसाइकल र पाँच थान मोबाइल बरामद गरेको छ ।
लागूऔषध (नियन्त्रण) ऐन २०३३ मा भएको सजायसम्बन्धी प्रावधान अनुसार बरामद लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न व्यक्ति उपर १५ बर्ष देखि जन्मकैद र पाँच लाख देखि २५ लाख सम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।







