कांग्रेस जीतपुरसिमरा उपमहानगरको अधिवेशन हुँदै, को बन्दैछन् सभापति ?


eShilalekh

७ आश्विन २०८३, बुधबार १६:४५

सिमराः नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिको अधिवेशन बुधबार सिमरामा भईरहेको छ । सिमरास्थित राधाकृष्ण सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा जारी अधिवेशन बन्दसत्रमा प्रवेश गरेको छ ।

बन्दसत्रले विभिन्न प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि तीन जनाले आकांक्षा देखाएपनि सर्वसम्मत् चयन गर्ने प्रयास सुरु भएको छ ।

नगर समितिको नेतृत्वका लागि वर्तमान नगर सभापति छविलाल शर्मासहित शेखर भण्डारी र रमेश पण्डित आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्