बारा: ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


eShilalekh

१० आश्विन २०८३, शनिबार ०८:४५

सिमरा: पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ वर्षीय योगेन्द्रबहादुर मगर रहेका छन् ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र. ०२-०६५ प ७५७५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना६ख ३६४४ नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते स्कुटर चालकलाई वीरगन्जस्थित नारायणी अस्पताल लगिएपनी चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रहरीले ठक्कर दिने ट्रकसहित चालक जीतपुरसिमरा उपमहानगरपालिका-२१ का ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ । खड्कालाई इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्