दुई थान कटुवा पेस्तोलसहित सिम्रौनगढबाट एक जना पक्राउ

सिमरा: सशस्त्र प्रहरीले बाराको सिम्रौनगढबाट दुई थान पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-२ का ५० वर्षीय जयप्रकाश गुप्ता रहेका छन् । सशस्त्र प्रहरीको गोलागन्जस्थित सीमा सुरक्षा पोष्टबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका-६ सलेमपुरबाट कुशवाहालाई पक्राउ गरेको हो ।
कुशवाहाले बोकेको धानको बिउ राख्ने बोराबाट एक थान सानो र एक थान ठूलो कटुवा पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी बिक्रम मणि अधिकारीले जानकारी दिए ।
कुशवाहाको साथबाट पेस्तोलसहित पाँच राउन्ड गोली समेत बरामद भएको र उनलाई थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको अधिकारीले बताए ।







