सर्लाहीमा जंगली भाले हात्ती मृत फेला

बागमतीः सर्लाहीको बागमती नगरपालिका-४ जिरायत टोलमा आइतबार बिहान एउटा जंगली भाले हात्ती मृत फेला परेको छ । ब्रह्मस्थान सामुदायिक वन नजिकै रहेको परबल बारीमा हात्ती मृत भेटिएको हो ।
स्थानीयले हात्ती मृत देखेपछि डिभिजन वन कार्यालय र सुरक्षा निकायलाई जानकारी गराएका थिए । डिभिजन वन कार्यालय सर्लाही र पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली हात्ती मृत भेटिएको स्थलमा पुगेको छ ।
टोलीले हात्तीको मृत्यु प्राकृतिक हो वा अन्य कुनै कारणले भएको हो भन्ने खोजी गरिरहेको छ ।







