प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने वर्णवाल पक्राउ

वीरगन्जः पर्सा प्रहरीले सुरक्षा निकायका नाममा अवैध असुली र बिचौलियाको काम गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका ५ का ५१ वर्षीय अशोक कुमार वर्णवाल रहेका छन् ।
प्रहरी तथा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै वर्णवालले भन्सार छली र चोरी तस्करीका सामानहरू सेटिङमा पास गराइदिने आश्वासन दिने गरेका थिए ।
पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार अनुसन्धानका क्रममा उनले सुरक्षा निकायमा जागिर लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूबाट रकम असुलसमेत गरेको खुलेको छ ।
पक्राउ परेका वर्णवालमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







