काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको ईभी दुर्घटनामा १० यात्रुको घटनास्थलमै मृत्यु


eShilalekh

२६ कार्तिक २०८३, बिहीबार १०:०६

सिमराः काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको विद्युतीय गाडी (ईभी) बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

म.प्रदेश ०३-००१ ज ०८८० नम्बरको उक्त यात्रुवाहक गाडी सडकबाट करिब पाँच सय मिटर तल खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश सर्लाही जिल्लाका बासिन्दा रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् यद्यपि उनीहरूको सनाखत भने हुन बाँकी छ । दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

दुर्घटनाको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीसहितको प्रहरी टोली उद्धारमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्