वीरगन्ज कारागारबाट एक कैदी फरार, खोजी कार्य तीव्र 


eShilalekh

२६ कार्तिक २०८३, बिहीबार १०:१९

वीरगन्जः पर्साको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक कैदी फरार भएका छन् । करिब ११ वर्षदेखि जेलमा रहेका पर्साको पोखरिया नगरपालिका सतबरियाका सुनिल साह कारागारबाट फरार भएका हुन्।

कारागारमा सरसफाइ गर्ने क्रममा बिहीबार बिहान फोहोर फाल्न जाँदा साह कारागारको पर्खाल नाघेर भागेको पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

कैदी फरार भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी खोजी कार्यलाई तीव्र पारिएको छ । वीरगन्ज भारतसँगको खुला सीमा नजिकै रहेकाले फरार कैदी सीमा पार गर्न सक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा सुरक्षा निगरानी र जाँच कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रशासनले आन्तरिक छानबिन समेत अघि बढाएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईंले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्