बाराबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सिमराः बाराको बिश्रामपुरबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–८ गहवाका ३१ वर्षीय विनय महतो र वीरगन्ज–७ रामटोलका ३० वर्षीय सहजाद शेख रहेका छन् ।
भारतबाट ना२७प ५२३६ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई बिश्रामपुर गाउँपालिका-४ बलिरामपुर चेकपोष्टमा रोकेर जाँच गर्दा ४.३० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ । मोटरसाइकल चालक महतोको साथबाट लागूऔषध फेला परेपछि प्रहरीले शेखलाई समेत नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा राखिएको छ ।






