बाराकी ज्वाला साहलाई पुनः कृषी मन्त्रालयको जिम्मेवारी


eShilalekh

३ माघ २०७९, मंगलवार १५:३९

सिमराः बारा क्षेत्र नं. ३ की सांसद ज्वालाकुमारी साहले कृषी तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । मन्त्री पदको सपथ खाएको २३औं दिनमा साहले कृषी मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार मन्त्रीपरिषदलाई बिस्तार गर्ने क्रममा विभागिय मन्त्रीको मन्त्रालय तोक्दै नयाँ मन्त्रीमण्डल नियुक्त गरेका हुन् । मन्त्रीपरिषद विस्तार भएसंगै प्रचण्ड नेतृत्व सरकारको मन्त्रीपरिषद २३ सदस्यीय भएको छ ।

साहले पुस ११ गते मन्त्री पदको सपथ ग्रहण गरेकी थिईन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदको सपथ लिएकै दिन साहले विना विभागिय मन्त्रीको हैसियतमा सपथ लिएकी थिईन् ।

मन्त्री साहले दोस्रोपटक कृषी मन्त्रालयको जिम्मेवारी प्राप्त गरेकी हुन् । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा साह कृषी मन्त्री बनेकी थिईन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले २०७८ असारमा साहलाई मन्त्री पदमा नियुक्त गरेका थिए । उक्त सरकारमा साह करिब दुई हप्ताका लागि मात्रै मन्त्रालयको जिम्मेवारीमा रहेकी थिईन् ।

साहले मन्त्रालयको जिम्मेवारी लिएसंगै कृषी मन्त्रालयको वेबसाईटमा उनको साहको नाम र तस्वीर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्