गर्मी बढेपछी २० गतेसम्म विद्यालय बन्द गर्ने जीतपुरसिमराको निर्णय


eShilalekh

१७ जेष्ठ २०८०, बुधबार २२:३७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयको पठनपाठन जेठ २० बन्द गर्ने निर्णय गरेको छ । गर्मी अत्यधिक बढेपछि उपमहानगरपालिकाले १८ गतेदेखी २० गतेसम्म विद्यालयलाई विदा दिने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाले पुरीले बुधबार साँझ सूचना जारी गर्दै विदा दिने निर्णय भएको जनाएका छन् । गर्मीका कारण कक्षाकोठामै विधार्थी बेहोस हुन थालेको गुनासो आएपछी विद्यालय बन्द गरिएको पुरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सूचना अनुसार बर्षे विदाबाट समायोजन हुने गरि उपमहानगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालयको पठनपाठन तीन दिन बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्