सिमरा खानेपानीको निर्वाचन तालिका सार्वजनिक


eShilalekh

१ फाल्गुन २०७८, आईतवार १९:२७

सिमरा: कोरोना संक्रमण जोखिमका कारण स्थगन गरिएको खानेपानी उपभोक्ता तथा सरसरफाई समितिको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन कमिटीको आईतवार बसेको वैठकले निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

कमिटीले फाल्गुन २१ गते मतदानको मिति तोक्दै १७ दिनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । कमिटीले सार्वजनिक गरेको तालिका अनुसार निर्वाचन प्रक्रिया फाल्गुन ६ गतेदेखी सुरु भई २२ गते सम्पन्न हुने भएको छ ।

निर्वाचन कमिटीले फाल्गुन ६ गते मतदाता नामावली सार्वजनिक, ८ गते संशोधन र दावी विरोध, ९ गते मतदाताको अन्तिम नामावली प्रकाशन, १० गते उम्मेदवारी दर्ता, ११ गते उम्मेदवारमाथी दावी विरोध, १३ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन, १४ गते उम्मेदवारलाई चुनाव चिन्ह, १५ गते नमुना मतपत्र प्रकाशन, २१ गते मतदान, मतगणना र नतिजा प्रकाशन र २२ गते सपथ ग्रहणको तालिका सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत मदनबहादुर क्षेत्रीले तालिका सार्वजनिक भएसंगै तयारी सुरु भएको जानकारी दिए ।

क्षेत्रीको अध्यक्षतामा बसेको वैठकमा निर्वाचन अधिकृत त्रिलोक विक्रम शाह, अम्बिका घिमिरे, कमिटीका सदस्य अमृतलाल श्रेष्ठ र मनिष प्याकुरेल उपस्थित थिए । यसअघि निर्वाचन कमिटीले कोरोनाका कारण देखाउदै माघ ८ गते नेतृत्व चयन प्रक्रिया स्थगन गरेको थियो । माघ १५ गतेभित्र निर्वाचन सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको कमिटीले बढ्दो कोरोना संक्रमणका कारण स्थगित गरेको हो ।

निर्वाचन प्रक्रिया स्थगन हुँदा सिमरा खानेपानी माघ ८ गतेदेखी नेतृत्वविहिन अवस्थामा छ । यसअघिको संचालक समितिको कार्यकाल माघ ७ गते सकिएको हो । कार्यकाल सकिनु अघि कासिम हुसेनको अध्यक्षतामा रहेको संचालक समितिले माघ ३ गते निर्वाचन कमिटी गठन गर्दै नेतृत्व चयन प्रक्रिया अघि बढाउन जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्