पूर्वप्रधानमन्त्री नेपालले मन्त्री आलेलाई भनेः ‘बोल्दा बिचार गर्नु है’


eShilalekh

३ फाल्गुन २०७८, मंगलवार २०:४०

सिमरा: पूर्वप्रधानमन्त्री एवम् नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आलेलाई बोल्दा बिचार पुर्‍याउन अनुरोध गरेका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने स्थलको निरिक्षण गर्न बाराको टांगियावस्ती आएका नेता नेपालले आलेलाई उक्त सुझाव दिएका हुन् । नेपालले सुझाव दिईरहदा आलेले भने ‘ईडिट’ गरिएको बताईरहेका थिए ।

‘पर्यटनमन्त्री बुलन्द हुनुहुन्छ तर बोल्दा चै विचार गर्नुहोला है’ नेपालले आलेतिर फर्कदै भने ‘नाम कमाउनुभएको छ, सबै बदनाम होला । त्यसैले सतर्क रहेर अघि बढ्नुस् ।’

कार्यक्रममा बोल्दै पर्यटनमन्त्री आलेले सामाजिक संजालमा आएको भिडियो क्लिप तोडमोड गरेर बाहिर आएको बताएका छन् । उनले तोडमोड गरेर सम्प्रेषण गरिएको हुँदा त्यसमा सत्यता नरहेको दावी गरे ।

‘राती एउटा भिडियो क्लिप सार्वजनिक भएको छ । वनमन्त्री हुँदा पनि सामाजिक संजालमा यस्तो गतिविधि हुदै आएको थियो’ आलेले भने ‘अहिले आएको भिडियो पनि तोडमोड गरेर सम्प्रेषण गरिएको हो, त्यसमा सत्यता छैन् ।’

आलेले उक्त कुरा बताईरहदा उनले जगत ओलीको नाम लिएका छन् । ओलीले आफ्नो विषयमा सामाजिक संजालमा यसअघि पनि लेख्ने गरेको आलेको भनाई थियो । उनले आफूमाथी लगाएको आरोपले जनताप्रति गर्ने काममा ब्रेक नलाग्ने पनि बताएका छन् ।

मन्त्री आलेले अश्लिल बोलेको भिडियो सामाजिक संजालमा यतिबेला भाइरल छ । सामाजिक संजालमा कमेन्टको विषयलाई लिएर मन्त्री आलेले एक युवकमाथी अश्लिल शब्द प्रयोग गरेको भिडियोमा सुनिन्छ । उक्त भिडियो सार्वजनिक भएपछि मन्त्री आलेको राजिनामा समेत माग्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्