राप्रपाको नगर अधिवेशन सम्पन्न, महेश खरेलको नेतृत्वमा ५१ सदस्यीय नगर कमिटी चयन

सिमराः राष्ट्रिय प्रजातन्त्र पार्टी जीतपुरसिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशन शनिबार सिमरामा सम्पन्न भएको छ । अधिवेशनले महेश (दुर्गाप्रसाद) खरेलको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा होमबहादुर रखाल, सुरज लम्साल, अनिता सिंह, सचिवमा केदारभक्त पौडेल, कोषाध्यक्षमा भेषबहादुर श्रेष्ठ चयन भएका छन् । कमिटीको पदाधिकारीमा दुई सहसचिव पछि चयन गरिनेछ ।
यसैगरी कमिटीको सदस्यमा बुद्धिप्रसाद पाण्डे, माधवप्रसाद त्रिपाठी, केशवबहादुर तिमिल्सिना, डिल्लीराज शर्मा, जागेश्वर गिरी, यमकुमार जर्गामगर, लक्ष्मण रानाभाट, अम्बिका श्रेष्ठ, डम्बरबहादुर केसी, पुष्पराज भण्डारी, भावनादेवी मगर, राजु सहनी, रामप्रसाद खतिवडा, पारसनाथ चौधरी, भगवानराज उप्रेती, सावित्री उप्रेती, विष्णुबहादुर बस्नेत, सिताराम भण्डारी, रामप्रसाद भट्ट, अर्जुन लामा, विकास सापकोटा, ढोडा मियाँ अन्सारी, प्रेमप्रसाद आपागाईं, पुरुषोत्तम अधिकारी, कलितादेवी दास, सूर्यकुमार श्रेष्ठ, श्रवणकुमार यादव, विश्वास कार्की, चन्द्रावती मुखिया, पार्वती खड्का चयन भएका छन् ।
यसैगरी रत्नसिंह गोले, अनिसा विक, सुमिता लामा, महेन्द्र यादव, महन्त महतो, मञ्जु राम, रामभरोसी चौधरी, कन्हाई बछार, जवाहरलाल दास, लालबाबु प्रसाद यादव, सुशिला माझी र डम्बरबहादुर अधिकारीलाई नगर कमिटीको सदस्यमा चयन गरिएको छ ।
अधिवेशनमा राप्रपाले उपमहानगरपालिका भित्रको विभिन्न वडामा निर्वाचित वडा कमिटीका वडाध्यक्षलाई समेत प्रमाणपत्र वितरण गरेको थियो । उपमहानगरपालिकाको वडा नं. १ मा शंकर अधिकारी, वडा नं. २ मा राजेश उप्रेती, वडा नं. ४ मा रामप्रसाद पाठक, वडा नं. ६ मा शिवप्रसाद रिमाल, वडा नं. ८ मा महेन्द्र साह, वडा नं. ९ मा दिलमोहन चौधरी, वडा नं. १० मा दीपनारायण चौधरी, वडा नं. १४ मा भाजु चौधरी, वडा नं. १५ मा लक्ष्मण सापकोटा, वडा नं. १६ मा टीकाबहादुर अधिकारी, वडा नं. १९ मा बाबुलाल राय, वडा नं. २० मा ठाकुर धामी, वडा नं. २१ मुन्नेकाजी मगर, वडा नं. २२ मा सुनिता स्याङ्तान र वडा नं. २४ मा नथुनी मियाँलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सोही अवसरमा राप्रपाले नारायणप्रसाद घिमिरेको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गठन गरेको छ । कमिटीको उपाध्यक्षमा साजन राई, अर्जुन लामा, महिला उपाध्यक्षमा बसन्ती विक, सचिवमा कुमार तिमिल्सिना र कोषाध्यक्षमा सुशिलकुमार सिंह रहेका छन् ।
यसैगरी कमिटीको सदस्यमा प्रकाशप्रसाद लामिछाने, मनिष ढकाल, राजु रौनियार, प्रतापबहादुर पुलामी, अनुराग थापामगर, प्रतापराज वैद्य, रवीन्द्रप्रसाद गुप्ता र हरिनारायण रौनियार रहेका छन् ।
नगर कमिटी, वडा कमिटी र युवा कमिटीमा निर्वाचित पदाधिकारी एवम् सदस्यलाई राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, संगठन विभागकी उपप्रमुख खुस्वु ओली, राप्रपाका नेता दीपक सिंह, केन्द्रीय सदस्य विनोद भारतीलगायतले प्रमाणपत्र प्रदान गरेका थिए । अधिवेशन नगर कमिटी अध्यक्ष माधवप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो ।