मधेस लिगको फाइनलमा पुगेको नव जनजागृति यूवा क्लबलाई ज्याकेट हस्तान्तरण

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालयले शुक्रबार नव जनजागृति यूवा क्लबलाई ज्याकेट हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष हिराबहादुर गुरुङले क्लबका अध्यक्ष रामचन्द्र लामालाई २५ थान ज्याकेट हस्तान्तरण गरेका हुन् । जलेश्वरमा जारी मधेस प्रदेश लिगको फाइनलमा पुगेको नव जनजागृति यूवा क्लबका खेलाडीका लागि उक्त ज्याकेट हस्तान्तरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर १ का वडासदस्य अमन लामा, क्लबका प्रथम उपाध्यक्ष शंकरबहादुर थापा, द्वितीय उपाध्यक्ष राजदास श्रेष्ठलगायतको उपस्थिती थियो ।
बारा जिल्ला लिगमा प्रथम भएको नव जनजागृति मधेस प्रदेश लिगको फाइनलमा प्रवेश गरेको छ । प्रदेश लिगको उपाधिका लागि नव जनजागृतिले आइतबार सप्तरीसंग फाइनल खेल्नेछ ।