बारामा पटाका पड्काउने क्रममा बालक घाइते

सिमरा: बारामा पटाका पड्काउने क्रममा जलेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका-६ घुसुकपुरका १६ वर्षीय अफताब मिया देवान रहेका छन् ।
घर अगाडि पटाका पड्काउने क्रममा बालक घाइते भएका हुन् । उनको तिघ्रालगायतको भागमा गम्भीर चोट लागेको छ ।
घाइते बालकको नारायणी अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।





