वीरगन्ज गोल्डकपः उपाधिका लागि पुलिस र मछिन्द्र भिड्ने


eShilalekh

२२ फाल्गुन २०८१, बिहीबार २१:३१

सिमराः वीरगन्ज गोल्डकपको दोस्रो संस्करणको उपाधिका लागि साविक विजेता नेपाल पुलिस क्लब र केपी ओली कप विजेता मछिन्द्र फूटबल क्लबबीच भिडन्त हुने भएको छ ।

आदर्शनगर रंगशालामा विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सलहेश युवा क्लब सिरहालाई ३–१ ले पराजित गर्दै मछिन्द्रले पुलिससंगको भेट पक्का गरेको हो । मछिन्द्रको जितमा स्टेफन जलीले दुई र आदित्य शाक्यले एक गोल गरे । सलहेशका लागि बिनी इब्राहिमले एक गोल फर्काए ।

मछिन्द्रका स्टेफन प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही २० हजारसहित पुरस्कृत गरिनेछ ।

तस्वीरः गोलनेपाल

प्रतिक्रिया दिनुहोस्