जगदम्बा जीतपुरसिमरा गोल्डकपः चितवन र बाग्मती भिड्दै


eShilalekh

११ चैत्र २०७८, शुक्रबार ०७:५३

सिमरा: जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत शुक्रवार बिएफसी चितवन र बाग्मती युवा क्लबबीच खेल हुदैछ् । दुई टिम बीचको खेल सिमरा रंगशालामा साझ ५ बजेपछि सुरु हुनेछ ।

यसअघि प्रतियोगिताको विहिवार सम्पन्न उद्घाटन खेलमा धनगढीको सुदुरपश्चिम ११ ले बिजयी सुरुवात गरेको थियो । ए डिभिजनको फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गर्दै सुदुरपश्चिमले प्रतियोगितामा अघिल्लो यात्रा तय गरेको हो ।

सुदूरपश्चिमको जीतमा धनराज थापा, दिपांकराज सिंह र फागुराम थारुले समान एक/एक गोल गरेका थिए भने फ्रेण्डस्का लागि प्रेमबहादुर भण्डारीले एक गोल फर्काएका थिए । जीतसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले अब सेमिफाईनल प्रवेशका लागि आयोजक नव जनजागृति युवा क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स्को मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्