जगदम्बा जीतपुरसिमरा गोल्डकप: एपिएफ र हिमालयन शेर्पा भिड्ने


eShilalekh

१३ चैत्र २०७८, आईतवार ११:४२

सिमरा: जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत आईतवार बिभागिय टिम एपिएफ क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुदैछ । दुई टिमबीचको खेल सिमरा रंगशालामा साझ ५ः३० बजेपछि सुरु हुनेछ ।

यसअघि शनिवार भएको भएको खेलमा बिजय युथ क्लब हेटौडालाई पराजित गर्दै न्युरोड टिम एनआरटी प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । हेटौडालाई ३-१ ले पराजित गर्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो ।

एनआरटीको जितमा मासुकी ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरेका थिए भने हेटौडाका लागि बिमल राना मगरले एक गोल गरेका थिए ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्