पथलैया भेट्रान कपः आज वीरगन्ज सिटी र निजगढ भेट्रान्स क्लब भिड्दै

सिमराः बाराको पथलैयामा जारी पथलैया भेटान कप फूटबल प्रतियोगता अन्तर्गत आज (आइतबार) दोस्रो क्वाटरफाइनल खेल हुँदैछ ।
पथलैयास्थित श्रीकृष्ण मन्दिरमा हुने दोस्रो क्वाटरफाइनल खेलमा वीरगन्ज सिटी भेट्रान र निजगढ भेट्रान क्लबबीच खेल हुनेछ । दुई टिमबीचको खेल साँझ ५ बजेपछि सुरु हुनेछ ।
यसअघि शनिबार भएको खेलमा बगै भेट्रान क्लब पर्सालाई ३–० ले पराजित गर्दै सूर्य निवास भेट्रान क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पथलैया भेट्रान क्लबको आयोजनामा बैशाख २० गतेदेखि आयोजित प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको समापन जेठ ३ गते हुनेछ ।