नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको पहिलो बैठक सम्पन्न, के–के भयो निर्णय ?

सिमराः नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको पहिलो बैठक आइतबार सम्पन्न भएको छ । डुमरवानास्थित एमालेको पार्टी कार्यालयमा बसेको बैठकले दोस्रो नगर अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै विभिन्न निर्णय गरेको छ ।
बैठकले पार्टी सदस्यता नविकरण तथा वितरण, वडा तथा जनसंगठनको अधिवेशन, विभाग प्रमुख चयन, सचिवालय गठन, नगर कमिटीमा मनोनितलगायतको निर्णय गरेको छ । नगर कमिटीको नवनिर्वाचित अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा बसेको बैठकले बैशाख मसान्तसम्म पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले जेठ मसान्तसम्ममा वडा कमिटी र जनसंगठनको नगर कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ भने विभिन्न विभागको प्रमुख चयन गरेको छ । बैठकको निर्णय अनुसार नगर कमिटीको संगठन विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष शाहले पाएका छन् ।
यसैगरी स्थानीय विकास र वित्त तथा स्रोत व्यवस्थापन प्रमुखमा उपाध्यक्ष कैमुदिन अंसारी, स्कुल विभाग प्रमुखमा सचिव रवीन्द्रराज भण्डारी, जनसगठन समन्वय संयन्त्र विभाग प्रमुखमा उपसचिव विष्णु सापकोटा, सहकारी तथा गरिवी निवारण विभाग प्रमुखमा उपसचिव अलौपिया चौधरी, निर्वाचन विभाग प्रमुखमा पेशल मुल्मी र प्रचार विभाग प्रमुखमा रवीन्द्र खकुरेललाई तोकिएको छ ।
बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको छ । पाँच पदाधिकारीसहितको सचिवालयमा पेशल मुल्मी, मञ्जुदेवी बानियाँ, सुशिलादेवी आचार्य, ज्ञानु तामाङ (शर्मिला), शेष नसिम हुसेन, राजकुमार थापा, वीरेन्द्रकुमार यादव, गणेश कोइराला, कृष्णप्रसाद लामिछाने, नारायण घिमिरे, पुष्पराज थापा, नजरुल मियाँ, खैरु नेसा, मिरा अधिकारी, रवीन्द्र खकुरेल, इश्वर थपलिया, मदन तिमिल्सिना, भगवती ठकुरी, चाँद महमद र रिंकुदेवी पासवान रहेकी छिन् ।
बैठकले रवीन्द्र खकुरेल, पवित्रामाया कार्की, लक्ष्मी तिमिल्सिना, शंकर पाख्रीन, तेजप्रसाद चौलागाईं, चुडामणी गौतम, महमद नुरुल्ला अंसारी, राजकुमार न्यौपाने, मञ्जु खनाल, सेराजुल अन्सारी र फुलेना यादवलाई नगर कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले नगर भित्र गठन भएका अधिकांश जनसंगठनको इन्चार्ज तोकेको छ । बैठकले अखिल नेपाल किसान महासंघमा नारायण घिमिरे, अखिल नेपाल महिला संघमा मञ्जु खनाल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा तेजनारायण चौधरी, नेपाल उत्पीडित जातिय मुक्ति समाजमा चन्द्र विक, नेपाल उद्योग व्यवसाय महासंघमा गणेश भारती, नेपाल खेलकुद महासंघमा सोमलाल बम्जन, नेपाल टे«ड युनियन महासंघमा मोहन आचार्य, नेपाल बुद्धिजीवी परिषद्मा चेतनाथ रिमाल, भूमि अधिकार तथा श्रमिक संगठनमा टीकाबहादुर अधिकारी, राष्ट्रिय जनसांस्कृतिक महासंघमा शंकर पाख्रिन, राष्ट्रिय युवा संघ नेपाल राजकुमार थापा, नेपाल मुस्लिम इत्तेहाद संगठन महमद नुरुल्ला अंसारी र नेपाल पिछडा वर्ग (ओबिसी) महासंघमा सुनिल साहलाई इन्चार्ज तोकेको हो ।
एमाले केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सदस्य मन्जु थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा एमाले मधेश कमिटी सचिव मनोज पौडेल, प्रदेश सदस्य देवनारायण चौधरी, सुन्दर विक, सीता गुरुङ, किशोर शर्मा, अनिल मैनाली, ध्रुव यादव, चयन गुरुङ, कमलेश झा, नगर इन्चार्ज शुभद्रा न्यौपाने, जिल्ला कमिटी सचिवालय सदस्य भोलाप्रसाद अधिकारीलगायतले मन्तव्य राखेका थिए । बैठकको सहजीकरण सचिव भण्डारीले गरेका थिए ।
विभाग प्रमुखः
स्थानीय विकास र वित्त तथा स्रोत व्यवस्थापन प्रमुख – उपाध्यक्ष कैमुदिन अंसारी
स्कुल विभाग प्रमुख – सचिव रवीन्द्रराज भण्डारी
जनसंगठन समन्वय संयन्त्र विभाग प्रमुख – उपसचिव विष्णु सापकोटा
सहकारी तथा गरिबी निवारण विभाग प्रमुख – उपसचिव अलौपिया चौधरी
निर्वाचन विभाग प्रमुख – पेशल मुल्मी
प्रचार विभाग प्रमुख – रवीन्द्र खकुरेल
सचिवालयः
त्रिलोक बिक्रम शाह
कैमुदिन अंसारी
रवीन्द्रराज भण्डारी
विष्णु सापकोटा
अलौपिया चौधरी
पेशल मुल्मी
मञ्जुदेवी बानियाँ
सुशिलादेवी आचार्य
ज्ञानु तामाङ (शर्मिला)
शेष नसिम हुसेन
राजकुमार थापा
वीरेन्द्रकुमार यादव
गणेश कोइराला
कृष्णप्रसाद लामिछाने
नारायण घिमिरे
पुष्पराज थापा
नजरुल मियाँ
खैरु नेसा
मिरा अधिकारी
रवीन्द्र खकुरेल
इश्वर थपलिया
मदन तिमिल्सिना
भगवती ठकुरी
चाँद महमद
रिंकुदेवी पासवान
जनसंगठनका इन्चार्ज:
अखिल नेपाल किसान महासंघ – नारायण घिमिरे
अखिल नेपाल महिला संघ – मञ्जु खनाल
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ – तेजनारायण चौधरी
नेपाल उत्पीडित जातीय मुक्ति समाज – चन्द्र विक
नेपाल उद्योग व्यवसाय महासंघ – गणेश भारती
नेपाल खेलकुद महासंघ – सोमलाल बम्जन
नेपाल ट्रेड युनियन महासंघ – मोहन आचार्य
नेपाल बुद्धिजीवी परिषद् – चेतनाथ रिमाल
भूमि अधिकार तथा श्रमिक संगठन – टीकाबहादुर अधिकारी
राष्ट्रिय जनसांस्कृतिक महासंघ – शंकर पाख्रिन
राष्ट्रिय युवा संघ नेपाल – राजकुमार थापा
नेपाल मुस्लिम इत्तेहाद संगठन – महमद नुरुल्ला अंसारी
नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ – सुनिल साह
नगर कमिटीमा मनोनित हुनेको नामावलीः
रवीन्द्र खकुरेल
पवित्रामाया कार्की
लक्ष्मी तिमिल्सिना
शंकर पाख्रीन
तेजप्रसाद चौलागाईं
चुडामणी गौतम
महमद नुरुल्ला अंसारी
राजकुमार न्यौपाने
मञ्जु खनाल
सेराजुल अन्सारी
फुलेना यादव