वरिष्ठ सई गोले मधेसकै उत्कृष्ट प्रहरी घोषित


eShilalekh

७ आश्विन २०८३, बुधबार २१:३८

सिमराः जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोषकुमार गोले भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । मधेस प्रहरी कार्यालय जनकपुरधामले बुधबार गोलेलाई प्रदेशकै उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरेको हो ।

प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले एक कार्यक्रमकाबीच गोलेलाई नगद र कदरपत्रसहित पुरस्कृत गरेका थिए । गालेले शान्ति सुरक्षा कायम राख्न, अपराध अनुसन्धान र नियन्त्रण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको प्रशंसापत्रमा उल्लेख छ ।

कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकाल, मधेस प्रदेश ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेतसहित उच्च प्रहरी अधिकारी, प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित, प्रहरी निरीक्षक बिदुरचन्द्र अधिकारीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्